site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इंग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला वेस्ट इन्डिजलाई

काठमाडौं । पाहुना टिम इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आठ विकेटको विजय हासिल गर्दै वेस्ट इन्डिजले एकदिवसीय शृंखला जितेको छ ।

बुधबार बार्बाडोसमा भएको तेस्रो खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको २६४ रनको लक्ष्य वेस्ट इन्डिजले ४३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

वेस्ट इन्डिजको जितमा केसी कार्थीले अविजित १२८ रन बनाए । उनले ११४ बलमा १५ चौका र दुई छक्का प्रहार गरे । ओपनर ब्रान्डन किंगले १०२ रन थपे । उनले ११७ बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

यी दुईले दोस्रो विकेटका निम्ति २०९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई सहज जिततर्फ उन्मुख गराएका थिए । अर्का ओपनर इभिन लेविसले १९ रन थपे ।

इंग्ल्यान्डका रिस टोप्ले र जामी ओरटोनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

इंग्ल्यान्डका ओपनर फिल साल्टले ७४ रनको योगदान गरे । डान मौस्लीले ५७, साम करनले ४०, जोफ्रा आर्चरले ३८ र जामी ओभरटोनले ३२ रन जोडे ।

पाहुना टिमको मध्यक्रम सस्तैमा पभेलियन फर्किए पनि अन्तिमका ब्याटर सम्हालिँदा इंग्ल्यान्ड सम्मानजनक योगफलसम्म पुगेको थियो ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्डेले तीन विकेट लिए । अल्जारी जोसेफ र रोमारियो सेफर्डले समान दुई र रोस्टन चेजले एक विकेट हात पारे ।

शृंखलाको पहिलो खेलमा पनि वेस्ट इन्डिजले आठ विकेटकै जित निकालेको थियो । दोस्रो खेलमा भने इंग्ल्यान्ड पाँच विकेटले पराजित भएको थियो ।

यी दुई टिमबीच अब पाँच खेलको ट्वान्टी–२० शृंखला हुने तालिका छ । ट्वान्टी–२० शृंखला आउँदो आइतबारदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro