site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भिक्टर ग्युकारेस चम्किँदा सिटीविरुद्ध स्पोर्टिङको रवाफ

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको पहिलो चरणमा म्यानचेस्टर सिटीले पहिलो हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगिच क्लब स्पोर्टिङ लिस्वनले सिटीमाथि ४–१ को सहज जित निकालेको हो ।

घरेलु मैदान स्टाडियो जोजे अल्भालाडेमा भएको खेलमा लिस्वनलाई जित दिलाउन भिक्टर ग्युकारेसले ह्याट्रिक गरे । यस्तै, अर्को एक गोल म्याक्सिमिलियानो अराउहोले थपे । सिटीका फिल फोडेनले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको चौथो मिनेटमा नै फोडेनले सिटीलाई अग्रतामा राखेका थिए । तर, ३८औँ मिनेटमा ग्युकारेसले गोल गरेपछि लिस्वन खेलमा फर्कियो । ४६औँ मिनेटमा अराउहोले गोल गर्दै लिस्वनलाई २–१ को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै ग्युकोरेसले लिस्वनलाई ३–१ को अग्रतामा पुर्याएका थिए । 

खेलको ६९औँ मिनेटमा हाल्यान्डले पेनाल्टी सदुपयोग गर्न नसक्दा सिटीले घरेलु टिमको अग्रतालाई कम बनाउने अवसर गुमाएको थियो ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा ग्युकोरसले ह्याट्रिक गरेपछि सिटीलाई लिस्वनले ४–१ ले निराश बनाएको हो । पछिल्लो चार दिनमा सिटीको यो दोस्रो हार हो । यसअघि चार दिनअघि प्रिमियर लिगमा बर्नमाउथले सिटीलाई १–० ले हराएको थियो ।

जितसँगै चार खेलबाट १० अंक जोडेको लिस्वन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा हालसम्म अपराजित लिस्वनले तीनमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । 

समान खेलबाट सात अंक जोडेको सिटी तालिकाको सातौँ स्थानमा छ । लिगमा सिटीको यो पहिलो हार हो । सिटीले यसअघिका दुई खेलमा जित निकाल्दा एक खेलमा बराबरीको नतिजा पाएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro