site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे पाँच किलो सुनसहित तीनजना विमानस्थलबाट पक्राउ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए ।

पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका नागरिक हुन् । शारजाहबाट उनीहरुले स्पिकरमा सुन लुकाएर ल्याएको पाइएको छ । प्रहरीले दिएको  जानकारीअनुसार उनीहरु चेकजाँच गरेर बाहिरिने क्रममा शंका लागेर पुनः चेक गर्दा सुन फेला परेको हो ।

airportsun-1730862445.JPG
 

एयर अरेबियाको उडान नं. G9530 मा  शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियनजोङ र म्यानमारका दुइजनालाई उक्त सुनससहित नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह– प्रवक्ता शैलेन्द्र थापाले जानकारी गराए ।

spikar-1730862445.JPG
 

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro