site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी राजमार्ग : राति गाडी सञ्चालनमा लगाइएको रोक कायमै
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भएर अस्थायीरूपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ । 

उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायीरूपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए ।

करिब आठ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ । 

कार्यालयले उक्त सडकखण्डमा ट्रयाक मर्मत–सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य गर्नु परेकाले पनि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउँदै आएको जनाएको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । 

पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् । बाढीपहिराले राजमार्गको कूल एक सय ६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro