site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको लाहोरमा वायु प्रदूषणले विद्यालय बन्द

काठमाडौं । पाकिस्तानको लाहोरमा वायु प्रदूषण अत्यधिक बढेपछि विद्यालय बन्द गरिएको छ । लाहोरका प्राथमिक विद्यालयहरू एक साताका निम्ति बन्द गरिएको हो ।

लाहोरस्थित हरेक कार्यालयका ५० प्रतिशत कर्मचारीले सोमबारदेखि घरबाटै काम गर्नुपर्नेछ । ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न लगाउने नियमलाई ‘ग्रीन–लकडाउन’ अभियान भनिएको छ ।

इन्धनबाट चल्ने रिक्सा र फिल्टरबिना आगो बालेर खाना पकाउने चुल्हो पनि प्रतिबन्धित गरिएको छ ।

लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो । गएको आइतबार लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको शीर्ष सूचीमा परेको थियो । शनिबार मात्र लाहोरको एयर क्वालिटी इन्डेक्स एक हजार पुगेको थयो । विश्व स्वास्थ्य संगठनका अनुसार, ३०० भन्दा माथिको एयर क्वालिटी इन्डेक्स हानिकारक मानिन्छ ।

लाहोरका वरिष्ठ वातावरण अधिकारी राजा जहाँगिर अन्वर भन्छन्, “यो हाम्रा लागि ठूलो टाउको दुखाइ भएको छ ।”

उनका अनुसार, भारतको पञ्जाब क्षेत्रका किसानले खेतमा गहुँका छ्याली बालेका कारण पाकिस्तानसम्म प्रदूषण फैलिएको हो । उनी भन्छन्, “उताको धुवाँ हावाले यता ल्याउँछ ।”

पाकिस्तान सरकारले वायु प्रदूषण फैलिएको क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनेको छ । पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार, पञ्जाब सरकारले विदेश मन्त्रालयमार्फत भारतसँग वायु प्रदूषणका विषयमा कुराकानी गर्ने जनाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro