site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाढी प्रभावित क्षेत्र पुगेका स्पेनका राजारानीमाथि अन्डा प्रहार 

काठमाडौं । स्पेनका राजा फेलिप र रानी लेटिजियामाथि अन्डा प्रहार गरिएको छ । स्पेनको बाढी प्रभावित क्षेत्र भ्यालेन्सियाको भ्रमण गर्दा राजारानीमाथि स्थानीयको आक्रोशित भीडले अन्डा प्रहार गरेको हो ।

यसै साताको विनाशकारीमा बाढीमा परेर स्पेनमा २०० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । राजाले भ्यालेन्सियाको भ्रमण गर्दा प्रधानमन्त्री पेड्रो सान्चेज र क्षेत्रीय गभर्नर कार्लोस माजोन पनि उनका साथमा थिए । राजारानी, प्रधानमन्त्रीले भ्रमण गर्दा आक्रोशित भीडले ‘हत्यारा’ भन्दै नाराबाजी गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा सरकारले खोज तथा उद्धार र राहत उपलब्ध गराउन ढिलाइ गरेको भन्दै पीडितले आक्रोश पोखेका थिए । उनीहरूले बाढी प्रभावित क्षेत्रमा फोटो खिचाउन लागेपछि आक्रोशित भीडले राजारानी, प्रधानमन्त्री र क्षेत्रीय गभर्नरविरुद्ध नाराबाजी गर्दै हिलो र अन्डाले हानेका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीहरूलाई अन्डाबाट बचाउन छाता खोलेर छेकेका थिए ।

राजारानीले आक्रोशित भीडसँग कुराकानी गर्ने प्रयास गरेका थिए । स्पेनिस राजपरिवारको सोसियल मिडिया च्यानलले भने विरोधपछि भिडियो जारी गरेको थियो । भिडियोमा राजा र रानीले बाढी प्रभावित बासिन्दालाई अँगालो हालेको देखाइएको थियो । एक पुरुष राजाको अँगालोमा रुँदै गरेको समेत देखाइएको थियो ।

स्पेनी राजाका निम्ति यस्तो आक्रोश नजिकबाट सामना गर्नु सामान्य घटना होइन । राजा फेलिप स्पेनमा लोकप्रिय छन् । आफ्नो बुवाको त्यागपछि उनी सिंहासनमा बसेका थिए ।

भीडको धेरै आक्रोश प्रधानमन्त्री सान्चेज र क्षेत्रीय गभर्नर माजोनप्रति थियो । आक्रोशित भीडले नाराबाजी गरेपछि स्पेनका प्रधानमन्त्री छिट्टै त्यहाँबाट बाहिरिएका थिए । राजाले भने केही सयम त्यहीँ बिताएर बाढी प्रभावितसँग कुराकानी गरेका थिए ।

प्रधानमन्त्री सान्चेजको कार्यालयले सुरक्षाका कारण प्रधानमन्त्री छिटो निस्कनुपरेको स्पष्ट पारेको छ । सीएनएनबाट ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro