site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनमा आठ घण्टामा भयो एक वर्षको वर्षा, बाढीबाट मृतकको संख्या २०० नाघ्यो

काठमाडौं । स्पेनमा भीषण बाढीका कारण कम्तीमा २०५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बाढीले पूर्वी स्पेनको भ्यालेन्सिया सहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ । नेपाली समयअनुसार, शुक्रबार साँझसम्म भ्यालेन्सियामा मात्र २०२ जनाको मृत्यु भएको छ । बेपत्ताहरूको खोजी कार्य जारी छ ।

रिपोर्टका अनुसार, भ्यालेन्सियामा अक्टोबर २९ मा आठ घण्टामा १२ इन्च वर्षा भएको थियो । जुन स्पेनमा एक वर्षमा मात्र यति धेरै वर्षा हुन्छ ।

अविरल वर्षाका कारण अचानक आएको बाढीका कारण धेरैले सुरक्षित स्थानमा जाने मौका पाएका छैनन् । भ्यालेन्सिया भूमध्य सागरको तटमा पर्छ । यहाँ करिब ५० लाख मानिस बस्छन् ।

स्पेनको पछिल्लो इतिहासमा बाढीका कारण यति धेरै मानिसको मृत्यु भएको यो पहिलोपटक हो । बीबीसीका अनुसार, स्पेनमा यसअघिको सबैभन्दा ठूलो बाढी सन् १९७३ मा आएको थियो । त्यस क्रममा १५० जनाको मृत्यु भयो । त्यसअघि सन् १९५७ मा भ्यालेन्सिया सहरमा भीषण बाढी आएको थियो, जसमा ८१ जनाको मृत्यु भएको थियो ।

बाढी प्रभावित क्षेत्रमा राहत कार्यमा एक हजारभन्दा बढी सेना परिचालन गरिएको छ । बाढीका कारण सडकहरू भत्किएका छन् भने सञ्चार र विद्युत् लाइनमा क्षति पुगेको छ ।

भीषण वर्षाको कारण के हो ?

मौसमविद्का अनुसार, चिसो र तातो हावाको संयोजनले बनेको बाक्लो बादलका कारण भारी वर्षा भएको हो । भूमध्यसागरको अत्यधिक गर्मीका कारण पनि भारी वर्षा भएको हो । यस वर्षको अगस्टमा भूमध्यसागरको तापक्रम २८.४७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन अहिलेसम्मकै उच्च थियो ।

बीबीसीका अनुसार, स्पेनमा पछिल्लो ५० वर्षमा आएको बाढीको रेकर्ड तोडिएको छ । यसअघि सन् १९७३ मा बाढीका कारण १५० जनाको मृत्यु भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro