site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल तीन ठाउँबाट देखाउने

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष देखाउने भएको छ । 

टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ । 

“खेल हेर्न धेरै दर्शकहरूलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ,” महानगरले भनेको छ ।

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनमा हुने प्रत्यक्ष प्रसारण खेल अवलोकन गर्न महानगरले अनुरोध गरेको छ । खेल आज साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro