site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु
तस्बिर : एएफपी ।

काठमाडौं । पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु र ५८ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकाका १२ क्षेत्र प्रभावित भएको उल्लेख गरेको छ ।

उद्धारको प्रयास जारी छ । मृतकको संख्या प्रारम्भिक रहेको बताइएको छ ।

बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि नै यो क्षेत्रमा गरिएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गरेका छन् ।

गएको सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro