site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतमा विचाराधीन मुद्दा जिताइदिने भन्दै 'एक करोड २८ लाख रुपैयाँ लिने' व्यक्ति पक्राउ

काठमाडौं । उच्च अदालतमा विचाराधीन मुद्दा जिताइदिने नाममा एक करोड २८ लाख रुपैयाँ लिएर फरार भएको आरोप लागेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको भैँसेपाटी बस्ने ४५ वर्षीय रविन्द्र महर्जन छन् ।

प्रहरीका अनुसार, उनले जाहेरवालालाई भेटेर काठमाडौं–निजगढ फास्ट ट्रयाक टेन्डरमा सहभागी हुने क्रममा भएको निर्णयविरुद्ध उच्च अदालतमा विचाराधीन मुद्दा जिताइदिने आश्वासन दिएर रकम माग गरेका थिए । उनले जाहेरवालालाई रकम नदिए मुद्दा हराइदिने धम्की पनि दिएका थिए ।

महर्जनमाथि नगद र कनेक्ट आईपीएसबाट विभिन्न मितिमा एक करोड २८ लाख रुपैयाँ लिएर फरार भएको आरोप लागेको छ ।

उनलाई पक्राउ गर्न प्रहरीले कात्तिक ६ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । खोजतलासका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज काठमाडौंस्थित बुद्धनगरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro