site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार २७ अंकले बढ्यो, दुई कम्पनीमा सकारात्मक ‘सर्किट ब्रेक’

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारको कारोबारमा २७ अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन बजार २७.४१ अंकले बढेको हो । बजार मापक २६४५.३६ विन्दुमा उक्लिएको छ ।

यस दिन २१३ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ । आइतबार चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

जानकी फाइनान्स तथा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । रिभर फल्स, मेन्छियम हाइड्रो, मायाखोला हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

बजार बढ्दा १३ वटै समूहगत परिसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.४६ अंकले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro