site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अन्तिम चुनावी सभामा ट्रम्पको अश्लील र रंगभेदी भाषण
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम चुनावी सभामा राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले अश्लील र रंगभेदी भाषण गरेका छन् । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उमेदवार ट्रम्पले न्युयोर्कस्थित म्याडिसन स्क्वायरमा आयोजित कार्यक्रममा रंगभेदी र अश्लील भाषण गरेर माहोल उत्तेजित पारे ।

आउँदो नोभेम्बर ५ मा हुने निर्वाचन जितेमा आफूले अमेरिकामा गैरकानुनी रूपमा बसिरहेका आप्रवासीलाई देशबाट निकाल्ने उनले वाचा गरे । ट्रम्पले आप्रवासीलाई अपराधीका रूपमा चित्रित गर्दै भने, “म एक न एक दिन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेसन कार्यक्रम सुरु गर्छु । म ती हरेक सहरको उद्धार गर्छु – जो (आप्रवासीको) आक्रमणमा परेका छन्, आप्रवासीले कब्जा गरेका छन् ।”

उनले आप्रवासीलाई अमेरिकाबाट लखेट्न भनेर १८औँ शताब्दीको कानुन फेरि ब्युँताउने वाचा समेत गरेका छन् । आप्रवासीविरुद्ध बोलिरहँदा उनले आफ्ना समर्थकलाई ‘हुटिङ’ गर्न लगाए ।

Dabur Nepal
NIC Asia

अमेरिकाका स्वर्णिम दिन फेरि ल्याउनका निम्ति आप्रवासीलाई धपाउनुपर्ने उनले विचार राखे । उनले भने, “अमेरिका हाल (आप्रवासीले) कब्जा गरेको देश बनेको छ । अबको नौ दिनपछि अमेरिका कब्जा गरिएको देश रहने छैन ।”

ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी डेमोर्क्र्याटहरूलाई देशभित्रकै दुस्मनको आरोप लगाए ।

उनले आफ्नी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई दुई वाक्य एकैसाथ बोल्न नसक्ने ‘लो आईक्यू भएकी’ महिला भने ।

ट्रम्पको सभामा बोलेका उनका पूर्वअधिवक्ता र न्युयोर्कका पूर्वमेयर समेत रहेका रुडी गिउलियानीले इजरायल–हमास युद्धको सन्दर्भमा कमला ‘आतंकवादी’को समर्थनमा रहेको आरोप लगाए ।

ट्रम्पको चुनावी सभाका वक्ताहरूले कमलालाई ‘राक्षस’को संज्ञा दिए । उनीहरूले पहिलो महिला र काला जातिबाट राष्ट्रपति बन्न लागेकी कमलाले ‘वेश्यावृत्ति’बाट आफ्नो करियर सुरु गरेको आरोप लगाए ।

ट्रम्पको चुनावी सभालाई कतिपय डेमोरक्र्याटहरूले सन् १९९३ मा हिटलर र नाजीका पक्षमा म्याडिसन स्क्वायरमा आयोजित र्‍यालीसँग तुलना गरे ।

सीएनएनले ट्रम्पको यो चुनावी सभालाई आधुनिक राष्ट्रपतीय इतिहासमा सबैभन्दा अतिवादी तर्क पेस गरिएको कार्यक्रमका रूपमा व्याख्या गरेको छ । सीएनएन, एपीरोयटर्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro