site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जंगली च्याउ खाँदा पाँचजना बिरामी
प्रतीकात्मक तस्बिर ।

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जंगली च्याउ खाँदा देवचुली नगरपालिका–२, दुम्कौलीमा एकै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगली च्याउ खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए ।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा बिरामीको उपचार भइरहेको छ । हाल सबैको अवस्था सामान्य रहेको शाहले उल्लेख गरे । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro