site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा 

काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकप्रेरित बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले भुटानविरुद्ध ७–१ को सहज जित निकालेको हो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एक/एक गोल गरे ।

भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । जारी संस्करणमा ल्हाजोमको यो आठौँ गोल हो । उनी हालसम्म प्रतियोगिताको उच्च गोलकर्ता हुन् ।

बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।

बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।

साफको इतिहासमा लगातार दोस्रोपटक फाइनल पुगेको बंगलादेशले समग्रमा तेस्रोपल्ट फाइनल खेल्न लागेको हो । बंगलादेशले यसअघि सन् २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । बंगलादेशले त्यसअघि २०१६ को संस्करणमा फाइनल खेलेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro