site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ लोकार्पित

काठमाडौं । निबन्ध, कविता र गीतमा कलम चलाउँदै आएका सर्जक मुकुन्दराज शर्माको दोस्रो निबन्धकृति ‘धोबीघाट मेलोडी’ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रा. डा. दयाराम श्रेष्ठ, शिक्षासेवी उमेश श्रेष्ठ, साहित्यकारहरू अशेष मल्ल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला, कुमारी लामालगायतले उक्त निबन्धसंग्रह सार्वजनिक गरे ।

कार्यक्रममा निबन्धकार शर्माका दाजु प्रसिद्ध अभिनेता हरिहर शर्माले राष्ट्र सम्मुन्नत हुन भाषा, साहित्य, संस्कृति सम्मुन्नत हुनुपर्नेमा जोड दिए । भाइले नेपाली साहित्यको श्रीवृद्धिमा एउटा इँटा थपेकामा गर्व बोध भएको उनले बताए ।

प्रा. डा. श्रेष्ठले कृति र कृतिकारका बारेमा बोले । समीक्षात्मक टिप्पणी गर्दै लामाले शर्माका निबन्धहरू शक्तिशाली भएको उल्लेख गरिन् ।

निबन्धकार शर्माले ‘धोबीघाट मेलोडी’को नामकरणबारे रोचक किस्सा सुनाउँदै निबन्धको एउटा अंश वाचन गरे ।

कार्यक्रममा मेयर महर्जन, श्रेष्ठ, साहित्यकारहरू घिमिरे, मल्ल, कोइराला र प्रकाशन संस्था कामना पब्लिकेसनका दिरेकलाल श्रेष्ठले निबन्धकार शर्माको लेखनीबारे चर्चा गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro