site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘प्लेयर अफ द म्याच’ चुनिएकी सविता भन्छिन्– अवार्ड आमालाई समर्पण गर्न चाहन्छु

काठमाडौं । साफ महिला च्याम्पियसिप २०२४ मा श्रीलंकाविरुद्ध ‘प्लेयर अफ द म्याच’ बनेकी सविता रानामगरले आफ्नो अवार्ड आफ्नी आमाप्रति समर्पण गरेकी छन् ।

बिहीबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराउँदा एक गोल गरेकी सविता ‘प्लेयर अफ दी म्याच’ चुनिएकी थिइन् । खेलपछि पत्रकारसँगको कुराकानीका सविताले आफ्नो अवार्ड आमाप्रति समर्पण गर्न चाहेको बताइन् ।

"मेरो आमालाई आजको प्लेयर अफ द म्यान अवार्ड समर्पण गर्न चाहन्छु । आज यहाँ त आउनु भएको छैन । घरबाटै हेरिरहनु भएको होला मेरो यो गेम," सविताले भनिन्, "म राष्ट्रिय टिममा भर्खरै आएको । त्यहीकारण प्रतियोगिताको पहिलो खेल आशा अनुसारको भएन । अलि आत्तिए जस्तो भयो । त्यसपछि दोस्रो केही राम्रो भयो र आज झन् राम्रो भयो ।"

श्रीलंकाविरुद्धको यो जितसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्ने तालिका छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro