site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ? : रास्वपा 

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ ।

रास्वपाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो ।

सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले लामिछानेलाई पोखरा ल्याएर थुनामा राखेको १२५ घण्टामा ४–५ घण्टामात्रै बयान लिनु नै राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।

“हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो,” उनले भने,“१२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।”
उनले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको बताएका छन् ।

“न्यायालयले जस्तो फैसला सुनाए पनि विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्छौँ,” उनले भने, “कार्यपालिकाको प्रतिनिधिमाथि प्रश्न उठाएका हौँ । छानीछानी डीएसपी र सीडीओ पठाउने काम भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro