site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अज्ञात नम्बरबाट धम्की दिएर कम्पनीका म्यानेजरबाट रकम असुल्न खोज्ने युवा पक्राउ

काठमाडौं । आफैँ कार्यरत कम्पनीका सञ्चालकबाट रकम असुली गर्न बम विस्फोट गराउने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ज्यामिरे घर भएका ३२ वर्षीय आकाश तामाङ छन् । उनलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, तामाङ कागेश्वरी मनहरा नगरपालिका–८ मा चिनियाँ नागरिकले सञ्चालन गरेको सिसुवान याङ टेक्टटायल प्रालि नामको कपडा उद्योगमा काम गर्दै आएका थिए ।

कम्पनीको म्यानेजरमा नेपाली महिला मिङवुती शेर्पा छिन् । उनकै मोबाइलमा तामाङले पटक–पटक आफ्नो पार्टीलाई दुई लाख रुपैयाँ चन्दा दिन धम्कीपूर्ण म्यासेज गरेको र नदिए बमसमेत विस्फोट गराउने भन्दै म्यासेज गरेका थिए ।

अज्ञात नम्बरबारे आएको म्यासेजबारे कार्यालयका डीएसपी रोशन खड्काको टोलीले अनुसन्धान गर्दै जाँदा उद्योगमै कार्यारत तामाङ रहेको खुलेपछि उनलाई पक्राउ गरेको हो ।

तामाङलाई कात्तिक ५ (सोमबार) कम्पनीबाट नै पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनीविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान जारी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro