
काठमाडौं । राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले रवि लामिछानेको छानबिन सम्बन्धमा आफ्ना भाइ आईजीपी बसन्त कुँवरलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै आफू कानुन व्यवसायी हुँदा गरेका कामका विषयमा अहिले प्रश्न उठाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
“एउटा कानुन व्यवसायीले कुनै पनि संस्था वा कम्पनीमा कानुनी सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्ने, मुद्दा मामिलामा पक्ष विपक्षमा बहस पैरवी गर्ने संवैधानिक अधिकारी हो,” उनले भनेका छन् ,
उनले आफू नेचर हब्स प्रालिको एक वर्ष ६ महिना कानुनी सल्लाहकारका रुपमा कार्यरत रहेको साँचनो भए पनि त्यस प्रकरणसँग जोडिएका विषयमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
उनले आफू सल्लाहकार हुँदा कुनै पनि कमजोरी गरेको भए छानबिनका लागि तयार रहेको बताएका छन् ।