site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाइयो, अब १० लाख पाउने 
SkywellSkywell

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको छ ।

यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिन्थ्यो । सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बनाएको हो ।

KFC Island Ad
NIC Asia

“वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पुर्‍याइएको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकार गठनको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै भने । 

बिरामी भई उपचार खर्च पाएपछि मृत्यु हुनेहरूलाई पनि क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ उपलब्ध गरिने उनले जनाए ।

“बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ,” प्रधानमन्त्री ओलीले सय दिनमा गरेको उपलिब्ध सुनाए ।

विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई वर्क परमिट उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro