site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै 

काठमाडौं । जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामीको संख्या वृद्धि भएको छ । ब्याक्टेरियाबाट हुने श्वासप्रश्वासको रोग जापानमा लगातार तेस्रो हप्तामा उच्च रेकर्ड मापन गरिएको हो । 

अक्टोबर १३ सम्मको सात दिनमा राष्ट्रव्यापी लगभग ५ सय चिकित्सा संस्थाहरूद्वारा रिपोर्ट गरिएको केसहरूको औसत संख्या प्रतिसंस्था १.९५ रहको छ । फुकुईमा सबैभन्दा बढी औसत प्रतिसंस्था सर्वेक्षणमा ५.६७ बिरामीहरू छन् । 

आइचीमा ५ र ४.२९ क्योटोमा निमोनियाको केस छन् । माइक्रोप्लाज्मा निमोनिया नामक ब्याक्टेरियमबाट हुने श्वासप्रश्वासको संक्रमण हाछ्युँ गर्दा र खोक्दा हावामा निस्कने थोपाबाट सर्छ । यसमा ज्वरो, खोकी, थकान र टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । कतिपय अवस्थामा खोकी धेरै हप्तासम्म रहनसक्छ । – सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro