site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आप्रवासनविरोधी अभियान सञ्चालन गर्दै ब्रिटेन
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । ब्रिटेनको गृह मन्त्रालयले देशमा भिसा नियम उल्लंघन गरी बसेर शरण माग्ने मानिसविरुद्ध व्यापक अभियान सुरु गर्न लागेको एक प्रतिवेदनमा संकेत छ । भिसा म्याद गुज्रिएपछि शरण माग्ने सम्भावना बढी भएका धेरै देशबाट प्राप्त हुने आवेदनमा प्रतिबन्ध लगाउने नियम ल्याउन लागिएको टाइम्स अनलाइनले जनाएको छ ।

पाकिस्तान, नाइजेरिया र श्रीलंकाका नागरिकका निम्ति रोजगारी र अध्ययन भिसा आवेदकले त्यहाँको गृह मन्त्रालयको प्रतिबन्धको सामना गर्ने ब्रिटेनको डेली एक्सप्रेस अनलाइनले उल्लेख गरेको छ ।

ब्रिटेनको सत्तारूढ लेबर पार्टीले आफ्नो चुनावी घोषणापत्रमा शरणर्थीको संख्या घटाउने प्रतिज्ञा गरेको थियो । पार्टीले ‘नेट’ आप्रवासनको अवस्था नियन्त्रण र व्यवस्थापन गरिनुपर्नेमा जोड दिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ताले भने, “काम र अध्ययन भिसामा आएर शरण माग्ने विदेशी नागरिकको दुरुपयोग रोक्न हामी ती व्यक्तिहरूलाई छिटो र चाँडो पहिचान गर्न सकियोस् भनेर जानकारी संकलन गर्दै छौँ । हामी भिसा प्रणालीलाई निरन्तर समीक्षा गर्दै छौँ । अध्यागमन नियमहरूलाई उल्लंघन गर्ने यस्ता प्रवृत्ति पत्ता लगाएपछि हामी कारबाही गर्न ढिला गर्दैनौँ ।”

उनले अगाडि भने, “परिवर्तित योजनाअन्तर्गत भविष्यको आप्रवासन श्वेतपत्रले हाम्रो बिग्रिएको आप्रवासन प्रणालीलाई सुधार गर्ने एक व्यापक योजना प्रस्तुत गर्नेछ ।” 

गएको महिना प्रकाशित एक रिपोर्टमा ब्रिटेनमा भिसाका निम्ति आवेदन दिने प्रवासीको संख्या वर्ष दिनभित्र एकतिहाइभन्दा बढीले घटेकोे उल्लेख छ  ।

गृह मन्त्रालयको तथ्यांकानुसार, सन् २०२४ को अप्रिलदेखि २०२५ मार्चसम्म काम, अध्ययन र परिवार भिसा श्रेणीअन्तर्गत जम्मा सात लाख ७२ हजार २०० व्यक्तिले आवेदन दिएका छन् । यो अघिल्लो १२ महिनाको तुलनामा लगभग ३७ प्रतिशतले कम हो ।

ब्रिटेन जानेको संख्या घट्नुमा २०२४ को सुरुमा यसअघिको सरकारले ल्याएको आप्रवासन नियम रहेको बताइएको छ । यसमा विदेशी केयर वर्कर र विद्यार्थीलाई आफ्ना परिवारका सदस्य ल्याउन प्रतिबन्ध र कुशल कामदारका निम्ति तलबको ‘थ्रेसहोल्ड’ बढाएर ३८ हजार ७०० पाउन्ड बनाउनु प्रमुख कारण रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro