site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्रुतमार्गको भौतिक प्रगति ३६.४२ प्रतिशत, वित्तीय ३८.५५ प्रतिशत 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना’को भौतिक प्रगति ३६.४२ प्रतिशत भएको छ । 

सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा मंगलबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

“द्रुतमार्गको भौतिक प्रगति ३६.४२ प्रतिशत रहेको छ,” रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले भने, “द्रुतमार्गको हालसम्मको वित्तीय प्रगति ३८.५५ प्रतिशत रहेको छ ।” 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछिको अवधिमा द्रुतमार्गको भौतिक प्रगति १.०४ प्रतिशत भएको जनाइएको छ । 

“द्रुतमार्ग आयोजना रहेका ८९ पुलमध्ये ८५ पुल निर्माणको खरिद सम्झौता भएको छ । पाँचवटा पुल निर्माण भइसकेका छन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro