site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियालका प्रशिक्षक एन्सेलोट्टी भन्छन्– म एमबाप्पेबाट गोल चाहन्छु

काठमाडौं । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले किलियन एमबाप्पेले क्लबबाट अझ धेरै गोल गर्नुपर्ने बताएका छन् ।

युरोपियन च्याम्पियन रियाल मड्रिडले मंगलबार बोरुसिया डर्टमन्डलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै छ । यसअघि, गत वर्ष रियालले प्रतियोगिताको फाइनलमा डर्टमन्डलाई नै २–० ले हराउँदै च्याम्पियन्स लिग जितेको थियो । 

Dabur Nepal
NIC Asia

मंगलबार घरेलु समर्थकमाझ जर्मन टिमविरुद्ध मैदान उत्रिँदा रियाल यसअघि लिलसँग बेहोरेको हार भुलाउने लक्ष्यमा हुने छ । रियालले यसअघि अर्को क्लब लिलसँग १–० को अप्रत्याशित हार बेहोरेको थियो । एन्सेलोट्टीले एमबाप्पेले गोल गर्नुपर्ने बताउँदा जारी सिजन नौ खेल खेल्दा पनि गोलविहीन रहेका जुड बेलिङ्घमको भने प्रतिरक्षामा उत्रिए । 

“म एमबाप्पेले गोल गरून् भन्ने चाहन्छु । म उनले विपक्षीलाई दबाब दिनुभन्दा पनि गोल गरेको हेर्न चाहन्छु,” एन्सेलोट्टीले भने, “हामी बेलिङ्घमको कामबाट सन्तुष्ट छौँ । उनी मैदानमा कडा मेहनत गर्छन्, प्रतिस्पर्धा गर्छन् । उनले गत वर्षको जस्तो गोल गरेका छैनन् । तर, बेलिङ्घमको भूमिका गोल गर्नुभन्दा पनि महत्त्वपूर्ण छ ।”

यसै सिजनको सुरुमा पेरिस सेन्ट जर्मन (पीएसजी) बाट स्पेनिस क्लब आएका एमबाप्पेले रियालबाट १२ खेलमा आठ गोल गरेका छन् । यता, गत सिजन रियाल भित्रिएका बेलिङ्घमले भने यस सिजन गोलको खाता खोल्न सकेका छैनन् । उनले गत सिजन क्लबबाट ४२ खेल खेल्दा २३ गोल र १३ असिस्ट गरेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro