site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै भुटान सेमिफाइनलनजिक 

काठमाडौं । श्रीलंकाविरुद्ध ४–१ को जितसँगै भुटानले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई जित दिलाउन देकी ल्हाजोमले दुई गोल गरिन् । नाम्गेल देमा र दोर्जी एदोनले एक गोल गरिन् । श्रीलंकाकी थुशानी मदुसीकाले एक गोल फर्काइन् ।

खेलको सातौँ मिनेटमा ल्हाजोमले गोल गर्दै भुटानलाई अग्रतामा राखेकी थिइन् । २३औँ मिनेटमा गोल गर्दै  मदुसीकाको गोलमा श्रीलंका खेलमा फर्किएको थियो । 

तर, ३२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई पुनः २–१ को अग्रतामा राखिन् । भुटानले दोस्रो हाफमा दुई गोल थप्यो ।

७६औँ मिनेटमा ल्हाजोमले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रतामा राखिन् । त्यसको तीन मिनेटपछि नै भुटानले चौथो गोल थप्यो । भुटानकी दोर्जी एदोनले टिमका लागि चौथो गोल गरिन् ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । भुटानले यसअघि पहिलो खेलमा घरेलु टिम नेपाललाई गोलरहीत बराबरीमा रोकेको थियो । अब भुटानले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ ।

समान खेलबाट तीन अंक जोडेको श्रीलंका तालिकाको दोस्रो स्थानमा छ । श्रीलंकाले यसअघि माल्दिभ्सविरुद्ध १–० को जित निकालेको थियो । माल्दिभ्सले अब समूह चरणको अन्तिम खेलमा घरेलु टिम नेपालसँग खेल्ने तालिका छ ।

प्रतियोगितामा आजको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ । दशरथ रंगशालमा हुने यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro