site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलायतमा स्वर्ण पदक जितेको सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’

काठमाडौं । बेलायतमा स्वर्ण पदक जितेर फर्केको नेपाली सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ प्रदान गरेका हुन् ।

बेलायतमा सञ्चालन भएको ‘एक्ससाइज क्याम्ब्रेन पाट्रोल २०२४’ नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको थियो ।

“अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्यांकनस्वरूप प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित १० जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निसान’ द्वारा सम्मान गरिएको हो,” नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Sig-1729423427.jpg
२०८१ असोज १८ गतदेखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ देशका १२१ टोली सहभागी थिए ।

सन् १९६० बाट वार्षिकरूपमा सञ्चालन हुँदै आएको ‘एक्ससाइज क्याम्ब्रेन पाट्रोल’मा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आएको छ । प्रतियोगितामा नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ गरी तीनपटक स्वर्ण पदक जितेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro