site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
फाइल तस्बिर ।

नवलपुर । नारायणगढ–बुटवल सडकको दाउन्नेखण्डमा पानी परेका कारण बाटो अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज (वैशाख २३) बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं इन्स्पेक्टर जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार, पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यो खण्डमा सामान्य पानी पर्दा समेत बाटो पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । आउँदो असारसम्म यो खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro