site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्को १२ बुँदे सहमति चाहिएको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले आर्थिक–सामाजिक क्रान्तिका निम्ति अर्काे १२ बुँदे सहमति आवश्यक रहेको बताएका छन् । मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा उनले यसअघि शान्ति सम्झौताका निम्ति दलहरूबीच भएको सहमतिजस्तै गणतन्त्रका तीन राष्ट्रपतिको रोहबरमा यो सम्झौता आवश्यक रहेको बताए ।

चालु खर्च कसरी धान्ने, ठूला पूर्वाधार, शिक्षा र नयाँ वित्तलगायत विषयमा सबै दलले सहमति गर्नुपर्नेमा उनले जोड दिए । “जसरी हाम्रो ‘होम ग्रोन सेटलमेन्ट’ भएको थियो, १२ बुँदे सहमति गरेर मुलुकलाई एउटा ट्रयाकमा लिएर आइयो । अब आर्थिक–सामाजिक क्रान्तिका लागि अर्काे १२ बुँदे सहमति हामीलाई चाहिएको छ,” उनले भने, “सोसियल इकोनोमी कम्प्याक्टमा हामी जाऊँ । गणतन्त्रका हाम्रा तीन राष्ट्रपतिको रोहबरमा बसेर सबै दलहरूले निषेध, प्रतिशोध हैन, सहमति गरौँ ।”

पूर्वाधार विकासमा ठूलो खर्च हुने भन्दै उनले हालको ‘सिलिङ’ले पहिलेकै भुक्तानी गर्न नपुग्ने स्थिति रहेको बताए । यस विषयमा पूर्वाधार र अर्थमन्त्रीबीच छलफल भएर संरचनागत सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro