site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एटीएम फोड्दाफोड्दै प्रहरीको नियन्त्रणमा परे ज्ञानेन्द्र

काठमाडौं । बालाजु प्रहरीले गएराति एटीएम फोडेर रकम चोरी गर्दै हिँड्ने एक युवालाई पक्राउ गरेको छ । मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट ती युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २९का ज्ञानेन्द्र ठकुरी छन् । ठकुरीले माछापुछ्रे बैंक र कुमारी बैंकको एटीएम तोडफोड गरेर रकम चोरी गर्ने प्रयास गरेका थिए ।

सोही सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई बालाजु बाइपासबाट पक्राउ गरेको हो । उनले एटीएमबाट रकम भने चोरी गर्न नसकेको प्रहरीले जनाएको छ ।

ठकुरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । 

ठकुरी सडकपेटीमा बस्ने गरेको र एटीएम फुटाउन जाँदा मदिरा समेत सेवन गरेको पाइएको छ । बालाजु प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ । 

एक साताअघिमात्रै बालाजु प्रहरी वृत्तको कमान्ड ज्ञानबहादुर विष्टले सम्हालेका छन् । विष्टले बालाजु क्षेत्रको शान्ति सुरक्षा कायम गर्न आफूमातहतका प्रहरी कर्मचारीलाई कुनै कसरबाकी नराख्न निर्देशन दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro