site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानका कप्तान इल्यास विराटनगरमा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति विराटनगर किंग्सले ओमानका कप्तान अकिब इल्यासलाई भित्र्याएको छ । 

विराटनगरले आइतबार सामाजिक सञ्जालमार्फत इल्यासलाई अनुबन्ध गरेको जनाएको छ । प्रतियोगिताका निम्ति विदेशी खेलाडी भित्र्याउने विराटनगर दोस्रो टिम हो । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका आन्द्रेस गौसलाई भित्र्याएको थियो ।

अकिबले ओमानबाट ३२ एकदिवसीय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ट्वान्टी–२० क्रिकेटमा १० अर्धशतकसहित एक हजार ३३० रन बनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ । प्रतियोगिताका निम्ति विराटनगरले सन्दीप लामिछानेलाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ । 

टिमले आयरल्यान्डका पूर्व क्रिकेटर केविन ओ‘ब्राइनलाई मुख्य प्रशिक्षकमा भित्र्याएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro