site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

अटलान्टा । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उमेदवार  बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दैछिन् ।  

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गरे । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार प्रश्न गरिन् । 

मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा छन् । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवैजना बराबरीमा रहेको संकेत गरेका छन् ।

दुवै उमेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनेछन् । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने ‘युद्धभूमि’ मानिन्छ ।

ट्रम्पविरुद्धको बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उमेदवारी हस्तान्तरण गरे । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ ।

“अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ”, ह्यारिसले शनिबार अटलान्टामा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यंग्य गर्दै भनिन्, “उहाँले यसलाई बुनाइ भन्नुभएको छ । तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।”

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गरेकी थिइन् । तर, पूर्वराष्ट्रपतिको अभियानले उनी पनि  ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो ।
 
ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण गर्दै ह्यारिसका आरोपहरूको जवाफ दिएका थिए । एक दिनअघि उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भनेका थिए । 

दुवै उमेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण राज्यहरूमा बिताइरहेका छन् । 

जित्नैपर्ने राज्यमा शृ्ंखलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro