site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिम वाग्ले भन्छन्– ०८४ मा हामीले १४० सांसद ल्यायौँ भने यिनीहरूको हालत के हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने चाँडै रिहा हुने बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा वाग्लेले चाँडै रिहा भएर लामिछानेले पार्टीको नेतृत्व अझ सशक्त ढंगले गर्ने दाबी गरे ।

उपसभापति वाग्लेले नेपाली कांग्रेस र नेकपा (एमाले)को लोकप्रियता घट्दै गएको पनि बताए । रास्वपाको लोकप्रियता भने निरन्तर बढिरहेको उनको दाबी छ ।

उनले सत्ता गठबन्धन आफूहरूसँग डराएकै कारण लामिछानेलाई पक्राउ गरिएको जिकिर गरे । उनले संसद्‌मा आफूहरूको भूमिका देखेर पनि सत्ता गठबन्धन तर्सिएको उनको दाबी छ ।

"अहिले उनीहरू डराएका छन् । ए बाबा, २० जना यी कलिला सांसदहरूले हैरान पारेका छन् भने ८४ मा यस्ता १४० जना सांसद ल्याएर आयो भने यिनीहरूको हालत के हुन्छ ?," उनले भने ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro