site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ह्वाट्सएप, इन्स्टाग्राम लगायतबाट कर्मचारी हटाउँदै मेटा

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले ह्वाट्सएप, इन्स्टाग्राम र रियालिटी ल्याबलगायतबाट आफ्ना कर्मचारी हटाउन थालेको बताइएको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गर्नुभन्दा पनि विभिन्न टिमलाई पुन:व्यवस्थित गरिरहेको ठानिएको छ ।

मेटाका केही कर्मचारीले आफूलाई जागिरबाट हटाइएको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् ।

Dabur Nepal
NIC Asia

कम्पनीका प्रवक्ता डेभ अर्नाेल्डले मेटाका केही टिमलाई कम्पनीको लक्ष्य र रणनीतिअनुरूप फेरबदल गरिएको बताएका छन् । यसअन्तर्गत कर्मचारीलाई फरक स्थानमा सारिएको र अवसर नमिलेका कर्मचारीको हकमा प्रयास गरिरहेको उनले बताएका छन् ।

कोभिड–१९ को माहामारीपछि मेटाले सन् २०२२ मा ११ हजार र सन् २०२३ मा १० हजार कर्मचारी कटौती गरेको थियो । यसवर्ष कम्पनीले रियालिटी ल्याबका केही कर्मचारी कटौती गरेको थियो ।

द भर्जबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro