site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानविरुद्ध पहिलो हाफमा रोकियो नेपाल 
फाइल तस्बिर ।

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत भुटानविरुद्धको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले करिब आधा दर्जन अवसर सदुपयोग गर्न नसक्दा अग्रता बनाउन नसकेको हो ।

पहिलो बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् । 

२४औँ मिनेटमा पुनः रश्मीले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मीले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन । 

त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रु बलमा सरु लिम्बूले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो । 

४०औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मीले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् । 

पहिलो हाफमा भुटानले भने गोलका कुनै पनि अवसर सिर्जना गर्न सकेन । 

प्रतियोगितामा नेपाल समूह बीमा छ । यो समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro