site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर बजार : ७७ अंकले बढ्यो, तीन दिनमा १६ अर्बको कारोबार  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यो साता तीन कारोबार भएकोमा तीन दिन नै बजार बढेर बन्द भएको छ । दसैँपछिको पहिलो साताको तीन कारोबार दिनमा बजार ७७.१९ अंकले बढेको हो ।

यो साता तीन कारोबार दिनमा १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दसैँपछि बजार खुलेको पहिलो दिन ३१.४९ अंकले, दोस्रो दिन ४३.२२ अंकले र तेस्रो दिन २.४८ अंकले बजार बढेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो साताको मंगलबार तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार पाँच अर्ब ६६ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस्तै, बिहीबार भने साता अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

गत साताको तुलनामा यो साता कारोबार रकममा कमी आएको छ । यो साता १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गत साताको पाँच कारोबार दिनमा २१ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको सेयर खदिर–बिक्री भएको थियो ।

Royal Enfield Island Ad

गत साता चार दिन सेयर कारोबार भएको र यो साता तीन दिन मात्र सेयर कारोबार भएकाले कारोबार रकममा कमी हुन पुगेको देखिन्छ । गत साता बजार मंगलबार बजार घटेको थियो । आइतबार, सोमबार र बुधबार बजार बढेको थियो ।

पछिल्ला दिनमा दैनिक कारोबार रकम बढेसँगै कुल बजार पुँजीकरण बढ्दै गएको छ । यो साताको अन्तिम दिनसम्म कुल बजार पुँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ४२ खर्ब ४२ अर्ब ६६ करोड रुपैयाँ कामय थयो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro