site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा माल्दिभ्सविरुद्ध श्रीलंकाको अग्रता 

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्ध श्रीलंकाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इमेसा अनुराधिनीले श्रीलंकालाई अग्रतामा राखेकी हुन् ।

इमेसाले खेलकुद १७औँ मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएकी हुन् । कोस्वाथथागे परेराले दाहिने भागबाट गरेको क्रसमा इमेसाले हेडर गोल गरिन् ।

त्यसबाहेक पहिलो हाफमा श्रीलंकाले केही उत्कृष्ट गोलका अवसर खेर फाल्यो । आठौँ मिनेटमा शिवानेश्वरन थर्मिकाले १८ यार्ड बक्सबाट गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । जसलाई माल्दिभ्सका रक्षकले क्लियर गर्दै खतरा टारे‌ । ३३औँ मिनेटमा श्रीलंकाले अर्को सुनौला अवसर सदुपयोग गर्न सकेन । डिफेन्सबाट आएको बललाई इमेसाले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सको दाहिने तर्फबाट प्रहार गरे पनि त्यसलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले विफल बनाइन् । सोही रिबाउन्डमा इमेसाले अर्को प्रहार गरे पनि पुनः माल्दिभ्सकी गोलकिपर लिजाले पन्च गर्दै खतरा टारिन् ।

प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह बी मा छन् । यो समूहमा यी दुई टिमसँगै भुटान र नेपाल छन् । यस्तै, समूह ए मा भारत, पाकिस्तान र बंगलादेश छन् ।

प्रतियोगितामा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग आजै खेल्ने तालिका छ । यो खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro