site stats
बाह्रखरी :: Baahrakhari
खेल
युनिलिभरद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण  

काठमाडौं । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको २७ खेलाडी तथा अधिकारीलाई ट्राभल किट हस्तान्तरण गरेको छ । 

कम्पनीले आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी तथा अधिकारीहरूलाई उक्त ट्राभल किट हस्तान्तरण गरेको हो ।

Argakhachi Cement Island Ad

फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टुर्नामेन्टहरूसँग पंक्तिबद्ध गर्दै फुटबल संस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ युनिलिभरले परम्परागत स्पन्सरसिपभन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गरी सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जानकारी दिएको छ ।

राष्ट्रिय महिला फुटबल टोलीसँगको सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिसनलाई झल्काएको पनि बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्