site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इंग्ल्यान्डको मुख्य प्रशिक्षकमा टचेल नियुक्त, जनवरीदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा थोमस टचेल नियुक्त भएका छन् ।

जर्मनीका ५१ वर्षीय टचेलले सन् २०२५ को जनवरी १ देखि इंग्लिस टिमको जिम्मेवारी सम्हाल्ने छन् । इंग्लिस पुरुष फुटबल टिमको इतिहासमा टचेल इंग्ल्यान्ड बाहिरका तेस्रो प्रशिक्षक हुन् । यसअघि स्भेन गोरान एरिकसन र फाबियो क्यापेलो इंग्ल्यान्ड बाहिरको प्रशिक्षकको रूपमा इंग्लिस टिमको जिम्मेवारी सम्हालेका थिए ।

हाल इंग्ल्यान्ड ली कार्सलीको प्रशिक्षणमा छ । यसअघिका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जिम्मेवारीबाट राजीनामा दिएपछि इंग्ल्यान्डले ली कार्सलीलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो ।

“मसँग यो देशमा फुटबलप्रति लामो सम्बन्धको अनुभव छ । यसले मलाई केही उत्कृष्ट अनुभव पनि दिएको छ । इंग्ल्यान्डको प्रतिनिधित्व गर्न पाउनु ठूलो सम्मान हो र विशेष तथा प्रतिभावान खेलाडीसँग काम गर्न पाउनु उत्साहित कुरा हो,” प्रशिक्षकमा नियुक्त भएपछि टचेलले भने ।

टचेलको सहायक प्रशिक्षकमा एन्थोनी बेरी रहनेछन् । यसअघि टचेलले माइन्ज, बोरुसिया डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पीएसजी), चेल्सी र बायर्न म्युनिखको जिम्मेवारी सम्हालेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro