काठमाडौं । निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ उतारेका छन् । उनले भोलिबाट कुनै पनि हलमा आफ्नो चलचित्र नरहने जानकारी दिएका छन् ।
“भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौँ,” निश्चलले फेसबुकमा लेखेका छन् । उनले चाँडै ओटीटीमा ‘बेहुली फ्रम मेघौली’ रिलिज गर्ने बताएका छन् । एसएमएस भिडियोमार्फत सिनेमा रिलिज हुन लागेको पनि उनले बताएका छन् ।
केही दिन अगाडिमात्रै उनले हिन्दी सिनेमामा दर्शक नहुँदा पनि शो दिएको तर आफ्नो चलचित्रलाई शो नदिएको भन्दै हलको विकल्प खोज्ने चेतावनी दिएका छन् ।
‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमा खड्काको लगानी छ । सिनेमाको मुख्य भूमिकामा पनि निश्चल र स्वस्तिमा नै छन् ।
- हिन्दी सिनेमालाई प्राथमिकता दिएको भन्दै निश्चलले दिए हलको विकल्प खोज्ने चेतावनी
- निश्चललाई प्रश्न– सिनेमा हलको कस्तो विकल्प खोज्छु भन्नुभएको हो ?