site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्दो क्रममा बैंकको ब्याजदर, कात्तिकका लागि १० बैंकले घटाए

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिकका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १० वाणिज्य बैंकले सर्वसाधारणले राख्ने मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । सात बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तीन वाणिज्य बैंकले असोजको तुलनामा ब्याजदर बढाएका छन् ।

ब्याजदर बढाउनेमा सानिमा बैंक छ । सानिमा बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएकाे छ ।

औसतमा वाणिज्य बैंकहरूले ब्याजदर कात्तिकमा ०.१९२८ प्रतिशत विन्दुले घटाएका छन् । नेपाल एसबिआई बैंकले सबैभन्दा बढी ब्याजदर घटाएको छ । यो बैंकले असोजका तुलनामा कात्तिकका लागि १ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । असोजमा भने यो बैंकले ब्याजदर बढाएको थियो ।

मुद्दती निक्षेपकर्तालाई कात्तिकमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा सर्वसाधारणलाई ७ प्रतिशत ब्याज दिने भएको छ । यो बैंकले साउनदेखि नै यही विन्दुमा ब्याज दिँदै आएको छ ।

एनएमबी, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु र माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेका छन् ।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउँछन् । तरलता सहज नहुने बैंकले भने ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएर निक्षेप तान्न खोज्छन् । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।

तर, अहिले सीडी रेसियो ८० प्रतिशतभन्दा कम छ । यसको मतलब बैंकहरुको कर्जा लगानी पर्याप्त मात्रामा गएको छैन । 

bank-ins-1729060123.PNG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro