site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३१.४८ अंकले बढ्यो, तीन अर्ब ६ करोडको सेयर कारोबार

काठमाडौं । दसैँपछिको पहिलो सेयर कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १.१७ प्रतिशतले वृद्धि भएर २६९९.६६ विन्दुमा बन्द भएको हो ।

यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

मंगलबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ ।  उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.६१ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro