site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियन पूर्वक्रिकेटर ब्राड हग सुदूरपश्चिमको मेन्टर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हगलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि १०० भन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हगको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल)मा उच्च प्रदर्शन गर्ने उपेक्षा राखेको छ । पूर्वस्पिनर हगले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलेका थिए । 

हगको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका सञ्चालक स्वतन्त्र प्रताप शाहले बताए ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा मंसिर १६ गतेदेखि एनपीएल सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro