site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै (रुटसहित)

काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

सार्वजनिक यातायातका साधन न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनले भने, “आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ ।”

एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro