site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा तुर्केमेनिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा तुर्केमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अंकले जित्यो । जितसँगै नेपालले पाँच खेलबाट १० अंक जोडेको छ ।

नेपालले यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो । उज्वेकिस्तानसँग नेपालले ३–१ र कीर्गिस्तानसँग ३–२ को सेटमा हार व्यहोरेको थियो ।

तुर्केमेनिस्तानले पाँच खेलबाट समान १० अंक नै जोडेको छ । उसले माल्दिभ्स र कीर्गिस्तानलाई समान ३–० तथा श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको थियो । तुर्केमेनिस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो ।

शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro