site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अजरबैजान जाने खेलाडी र प्रशिक्षकलाई बिदाइ 

काठमाडौं । ओपन अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुने ६ जना खेलाडीलाई बिदाइ गरिएको छ । 

बिहीबार काठमाडौंको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को कार्यालयमा बिदाइ गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष बिनोद श्रेष्ठ र स्पोर्ट्स युनियन नेपालका अध्यक्ष सीता लामाले संयुक्त रूपमा बिदाइ गरेका थिए ।

उनीहरूले अजरबैजानको बाकुमा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । 

बिदाइ हुने खेलाडीमा पूजा लामा, विनिश महर्जन, ज्ञानेन्द्र हमाल, वीरचन्द्र नकर्मी र सतिश बलामी छन् । टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापकमा वीरकृष्ण महर्जन रहेका छन् । स्पोर्ट्स युनियन नेपालले आयोजना गरेको विदाइ कार्यक्रममा टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो ।

अजरबैजानमा आयोजना हुने ओपन अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिप अक्टोबर १७ देखि २० सम्म चल्नेछ । प्रतियोगितामा सहभागी हुन नेपाली टोली कात्तिक १ गते अजरबैजान प्रस्थान गर्नेछ ।

बिदाइ समारोहमा विश्वमा सबैभन्दा धेरै पटक नौ हजार २१८ पटक फुटबल टज गरेर विश्वकिर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका टोखाका फुटबल खेलाडी सजन डंगोललाई समेत सम्मान गरिएको थियोे । हाल उनी बेलायतमा व्यावसायिक फुटबल खेल्दै आएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro