site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानका प्रधानमन्त्रीद्वारा संसद् भंग

काठमाडौं । जापानको संसद्को तल्लो सदन बुधबार आधिकारिक रूपमा विघटन भएको छ । प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन भंग गरेका हुन् ।

आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्टेम्बर २७ मा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को निर्वाचनमा जित हासिल गरेका थिए ।

एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसद्मा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भए । २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro