site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीको सोनामाईमा  ‘भूतमेला’ सुरु 
फाइल तस्बिर ।

जलेश्वर । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताए । 

परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताए । दसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्छ । 

भूतप्रेतले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् । सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झा बताउँछन् । 

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैँ भन्न थाल्छन् । देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन् । दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी रमेश झाले बताए । 

विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा माताका पुजारी घनश्याम बताउँछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro