site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्षतिग्रस्त राजमार्गको यथाशीघ्र मर्मत गरी यातायात सुचारु गर्न संसदीय समितिको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरूको यथाशीघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्गहरूको यथाशीघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ ।

त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानुनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरूमा फास्ट ट्रयाकमार्फत सडक पुनर्निर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । बीपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ ।

समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दसैँअघि नै प्रदान गर्न सरकारलाई भनेको छ । त्यस्त,ै बाढीपहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरूलाई सात दिनभित्र अस्थायी बसोवासको व्यवस्था गर्न र घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro