site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसमितिको प्रतिवेदनमाथि हतारमा टिप्पणी अनुचित : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्न उचित नहुने बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुंगो लाग्न नसकेकाले हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताए । 

विद्यालय शिक्षा विधेयकका अपूर्ण विषयलाई समितिमार्फत पूर्ण गरिने उनले बताए । उपसमितिको प्रतिवेदनमाथि यही ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकाले हतार गर्न नहुने उनको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्