site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा हायस दुर्घटना, १५ जना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा शुक्रबार हायस माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा५ख ६६१८ नम्बरको हायस दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमानले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, घाइतेको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । शुक्रबार बिहान करिब ४ः२० बजे कमलामाई नगरपालिका–८, सिस्नेरीमा हायस दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै उद्धार गरी घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइते १५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको हायस दुर्घटना भएको हो । हायसमा १९ जना सवार थिए । अरू चारजनाको अवस्था सामान्य रहेको र उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

हायस सडकछेउको नालामा खसेर भित्तामा ठोक्किई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro